+
Search

ताजा अपडेट +

पपुलर +

गौर राइस मिल विवाद

नगरप्रमुख विरुद्धमा नाराबाजीसहित टायर बालेर प्रदर्शन

पालिका लाइभ
२०८१ फाल्गुन २३, शुक्रबार

रौतहट– गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै शुक्रवार बिहान गौरमा विरोध गरिएको छ ।

गौर राइस मिल बचाउ अभियानले गौर बिपी चोकमा टायर बालेर प्रदर्शन गरेको हो ।

गौर नगरपालिकाका नगरप्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ ।

15151515agur

विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रवार पनि निरन्तरता दिएका हुन् ।

गौर राइस मिलको जमिन नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने पालिकाको बोर्डबाट निर्णय भएको थियो। सोही निर्णयको विरुद्धमा गौर राइस मिल बचाउ अभियान आन्दोलित भएको हो ।

अभियानका नेता बजरंगी गुप्ताका अनुसार नगरपालिका नगरप्रमुख साहलाई उक्त निर्णयलाई सच्याउन आग्रह सहित ज्ञापन पत्र समेत बुझाइसकेको उल्लेख गरेका छन् ।

1515511gaur

नगरपालिकाका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निःशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए ।

गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । यस विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहले समेत ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ