+
Search

ताजा अपडेट +

पपुलर +

डडेल्धुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट स्थानीय तह

पालिका लाइभ
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय तहको रुपमा डडेल्धुुराको अमरगढी नगरपालिका भएको छ ।

१७ वटा विभिन्न सूचक राखेर १०० पूर्णाङ्कमा अमरगढीले ७५३ स्थानीय सरकारमध्ये सबैभन्दा धेरै ८१.७ अंक ल्याएको हो ।

यस्तै नगरपालिकातर्फ र समग्रमा पनि अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले उच्च अंङ्क हासिल गरेको छ । सुर्योदयले ८०.२ अंक ल्याएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले समान अङ्क ल्याएर ७८.२ प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् ।

आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ