+
Search

ताजा अपडेट +

पपुलर +

जब राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा पछारिएपछि…[भिडिओ]

पालिका लाइभ
२०८० जेष्ठ १९, शुक्रबार

काठमाडौँ– अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रममा सहभागी हुने क्रममा लडेका छन्।

बीबीसीका अनुसार बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको यूएस एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा लडखडाएर पछारिएका हुन्।

मञ्चमा राखिएको आफ्नो सिटतर्फ अघि बढ्दा उनी लडेका हुन्। उनको खुट्टा त्यहाँ राखिएको बालुवाको झोलासँग ठोक्किँदा घटना भएको हो।

तर उनलाई कुनै चोट नलागेको ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विटरमार्फत जानकारी दिएका छन्।

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ