+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामछानेको नागरिकता सम्बन्धी विवादमा अनुसन्धान गर्न प्रहरीलाई सीडीओको पत्र

पालिका लाइभ
२०७९ मंसिर १६, शुक्रबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधिसभा सांसद रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा छानबिन गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्राचारमा लामिछानेले अमेरिकी पासपोर्ट त्यागेर पुरानै नेपाली नागरिकताका आधारमा नयाँ नेपाली पासपोर्ट निकालेकोको विषयमा छानबिन गर्न भनिएको छ ।

लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि त्यस सम्बन्धमा प्रहरीलाई जिम्मा लगाइएको हो । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले काठमाडौं जिल्ला प्रशासनबाट पत्र प्राप्त भएको बताए ।

लामिछाने हालसालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए । निर्वाचनपूर्व उनिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले लामिछानेसँग स्पष्टिकरण सोधेपनि उनी निर्वाचन लड्नबाट रोकिएका थिएनन् ।

लामिछानेको लिखित स्पष्टिकरणपछि आयोगले कुनै निर्णय गरेको छैन। एसपी मैनालीले आवश्यक छानबिन गरिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ