गोरखा– गोरखा सन्देश डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । गोरखा सन्देश मिडिया प्रालिद्वारा प्रकाशित गोरखा सन्देशले विभिन्न कालखण्ड पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ ।
विभिन्न खालका चासो र सरोकारका विषयलाई समेट्दै आएको गोरखा सन्देशले प्रवासका विभिन्न खालका समस्या देखि विशेष गरी गोरखाका विषय वस्तुलाई सरल र सहज तरिकाले पस्कन सफल भयो ।
अनलाइनले शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक, सामाजिक तथा समसामयिक विषय बस्तुहरूलाई समेटेर सामग्रीहरू प्रस्तुत गरिरहेको छ ।
गोरखा जिल्ला र आसपासका जिल्लाहरूलाई विशेष प्राथमिकतामा राखेर अनलाइन सञ्चालन गरिएको छ ।
अनलाइनले छोटो अवधिमा नै नेपाली जनताको मन जित्न सफल भएको छ । पत्रकारिताको आधारभूत मूल्यमान्यताको पालना गर्दै हामी अगि बढिरहेका छौँ । समाज र पत्रकारिता एक अर्काका अभिन्न अंग हुन् ।
एक वर्षको यात्रामा हामीलाई हरतरहले सहयोग पुर्याउनुहुने सबैमा हामी हृदय देखि धन्यवाद दिन चाहन्छौ । आगामी दिनमा समेत हाम्रो व्यावसायिक पत्रकारिता गर्ने अभियानमा यहाँहरू सबैको साथ रहने विश्वास लिएका छौँ ।
प्रतिक्रिया