+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका ११ वटै स्थानीय तहमा बैक

पालिका लाइभ
२०७६ जेष्ठ १०, शुक्रबार

गोरखा- जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएको छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखाका सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएको हो ।

सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने सरकारको लक्ष्य अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जनता बैंक, सिरानचोक गाउँपालिकामा ग्लोबल आइएमई बैंक र चुमनुब्री गाउँपालिकामा कुमारी बैंक स्थापना भैसकेका छन् ।

जिल्लाका अरू नगरपालिका तथा गाउँपालिकामा भने देश संघीय संरचनामा जानुअघि नै बैंकिङ सुविधा पुगिसकेको थियो ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा मंगलबार सिभिल बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सबै स्थानीय तहमा बैंकको पहुँच पुगेको हो । त्यसअघि वैंक स्थापना हुन बाँकी गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोकमा एक साताअघि मात्रै बैंक सञ्चालनमा आएको थियो ।

अजिरकाेटमा राष्ट्रिय वाणिज्य बैक रहेको भने अारूघाटमा विभिन्न बैक रहेका छन् । जिल्लाको गोरखा नगपालिका र पालुङटार नगरपालिका पनि विभिन्न बैकका शाखा कार्यालयहरू रहेका छन् ।

उत्तरी गोरखाको विकट क्षेत्र समेटिएको चुमनुब्री गाउँपालिकामा स्थापना भएको बैंकबाट सरकारी कारोबार गर्न समस्या रहेको गाउँपालिकाले जनाएको छ ।

यातायातको सहज पहुँच नभएको चुमनुब्रीमा बैकले सबै पैसा हेलिकप्टरको माध्यमले लैजाने गरेको गाउँपालिकाले जनाएको छ । सुरक्षाको सुनिश्चितता नभएका कारण ठुलो रकम कारोबार गर्न अफ्ठेरो परेको बैंक बत्ताएको छ ।

सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरूले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ