+
Search

ताजा अपडेट +

पपुलर +

एभरेस्ट प्रिमियर लिग : भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रिओट्सले जित्याे उपाधि

पालिका लाइभ
२०७५ पुष ७, शनिबार

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि ललितपुर प्याट्रिओट्सले जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि कब्जा गरेको हो।

भैरहवाले टस जित्दै पहिले फिल्डिङ गरेको थियो। ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो। जवाफमा भैरहवाले पुरै ओभर खेल्दा १ सय ४१ रन मात्र बनाउन सक्यो।

उपाधि कब्जा गर्नेक्रममा ललितपुरका लागि विदेशी खेलाडी जयकिशन कोल्सावालाले सर्वाधिक ५७ रनको योगदान गरे। सन्दीप जोराले २४ र गौरव तोमरले २३ रन जोडे। अन्य व्याट्सम्मेनले उल्लेख्य रन जोड्न नसके पनि ललितपुरका बलरसामु भैरहवाका व्याट्समेन टिक्न सकेनन्।

भैरहवाका प्रदिप सिंह ऐरीले सर्वाधिक ३४ रन जोडे। त्यस्तै रविइन्दर सिंहले २९ रन बनाए। तर अन्य व्याट्सम्यान क्रिजमा टिकेर रन बनाउन नसक्दा भैरहवाले ललितपुरलाई उपाधि सुम्पन बाध्य भयो।ललितपुरलाई उपाधि दिलाउन ललितनारायण राजवंशीले महत्वपूर्ण ३ विकेट लिए। राजवंशी म्यान अफ दि म्याच बने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ