+
Search

ताजा अपडेट +

पपुलर +

एकादशी मेलामा ‘ग्याङ फाइट’, छुट्याउन गएका प्रहरीसहित दर्जनभन्दा बढी घाइते

पालिका लाइभ
२०७५ मंसिर ३, सोमबार

गाेरखा– एकादशी मेला भर्न गएका दुई युवा समूहबीच झडप हुँदा एक प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।

धादिङको ज्वालामुखी गाउँपालिका ५ को सिम्ले भन्ने ठाउँमा गोरखा क्यामुनटार र धादिङ सुनखानीका युवाबीच गएराति झगडा भएको हो। झगडा साम्य पार्न गएका धादिङका असई विनयकुमार पाण्डे घाइते भएका छन्।

2c441aaf9a8626cbf65c4ebdc1fe8bff1542602832

टाउकोमा चोट लागेका उनको धादिङबेँसीमा उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।

मदिरा सेवन गरेका युवा समूहबीच सुरु भएको झगडाले उग्र रुप लिएपछि प्रहरी टोली साम्य पार्न घटनास्थल पुगेको थियो। मेलास्थल नजिकका पसल तथा गाडी र बाइकमा समेत तोडफोड गरिएको छ।76ce05219f240e5fb117ec600364e0371542602846

यसै बिषयमा ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले बताए अनुसार झडपका क्रममा गोरखा र धादिङ दुवै तर्फका गरि ८ सवारी साधनमा तोडफोड भएको छ | रोकीराखिएका ३ बोलेरो र ५ मोटरसाइकल तोडफोड भएको हो |083a6db5f9a9da377e3bc5fd8af59f671542602823

काप्रीका अनुसार झडपको क्रम गोरखापट्टीका समूहले अन्धाधुन्द ढुङ्गाले हानेका थिए । प्रत्यक्षदर्शीले भने झगडा जुवाखालबाट सुरु भएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ