+
Search

ताजा अपडेट +

पपुलर +

प्राधिकरणद्वारा चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत

पालिका लाइभ
२०७५ आश्विन २२, सोमबार

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको बैकले थप चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत गरेकाे हाे ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा नं काे ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नंय १४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो ।

Devimaya Neupane at her newly constructed house Gorkha Saurpani

वारपाक-सुलिकाेट गाउँपालिका-४, साैरपानीमाा पुर्ननिर्मित देविमाया पनेरूकाे घर, तस्बिर-राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

यस्तै, बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।

पुनिनिर्मित घर ३ लाख नाघे

यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख भन्दा बढी भएको छ । प्राधिकरणका सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । २ लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा छन् ।
निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ