+
Search

ताजा अपडेट +

पपुलर +

एकाएक किन दिए नारायणकाजीले राजीनामा !

पालिका लाइभ
२०७५ श्रावण १६, बुधबार

काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।

पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

‘अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई उनले बताउदैँ अाएका थिए ।

यसैबीच राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ