+
Search

ताजा अपडेट +

पपुलर +

डेब्यू एकदिवसीय खेलमा नेपाल पराजित

पालिका लाइभ
२०७५ श्रावण १६, बुधबार

काठमाडौं– डेब्यू एकदिवसीय खेलमा नेपाल पराजित भएको छ। नेपाललाई बुधबार भएको एकदिवसीय खेलमा नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ५१ र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रन बटुले। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

अनिल साह र ज्ञानेन्द्रको ओपनिङ जोडीले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। अनिल १३ ओभरको दोस्रो बलमा २१ रनमा आउट भए। त्यसपछि मैदान आएका कप्तान पारस खड्काले १२ रन भन्दा बढी जोड्न सकेनन्।

लगत्तै एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र ५१ रनमा आउट भए। उनले ६१ बलमा ८ चौका प्रहार गरे। यहि ओभरमा आरिफ शेख शून्य रनमा आउट भए।

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ