+
Search

ताजा अपडेट +

पपुलर +

मुग्लिनमा नेपाली इन्जिनियरहरूको डिजाइनबाट यसरी तयार हुँदैछ ‘आर्क ब्रिज’, फागुनदेखि गाडी चलाउने गरि निर्माण कार्य हुदैँ

पालिका लाइभ
२०७५ जेष्ठ ८, मंगलवार

मुग्लिङ– पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजमा आगामी फागुनदेखि गाडी चलाउने योजनाका साथ काम भइरहेको छ। १ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएकाे छ।

ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आगामी असारभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । नेपाली इन्जिनियरकै डिजाइनमा तयार पारिएको पुलको डिजाइन निकै आकर्षक देखिन्छ ।

हाल अस्तित्वमा रहेको सिंगल लेनको पुल जीर्ण बन्दै गए पछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभागअन्तर्गतको पुल महाशाखाले नयाँ प्रविधिले पुल निर्माण थालेको हो । ११ करोड लागतमा निर्माण थालिएको चिनियाँ प्रविधिको पुलको मुख्य भाग १२० मिटर लामो हुनेछ ।

पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिनेछ । यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बन्ने विभागका योजना प्रमुख रामहरि पोख्रेलले बताए । पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन् । यसअघि यस्ता पुलको निर्माण विदेशी प्राविधिकले गर्ने गरेका थिए ।

हाल सञ्चालनमा रहेको पुलले एकपटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ । तर, यस पुलमा भने निर्बाध रूपमा दोहोरो यातायात सञ्चालन गर्न सकिने पोख्रेलले बताए । मुग्लिङ पुल हल्लने तथा विभिन्न भाग भत्किएपछि हालै पुलको मर्मत थालिएको छ । नयाँ पुल तयार नहुँदासम्म पुलको मर्मत थालिए पनि तयार भएपछि भने पुरानो पुलको ठाउँ ‘आर्क ब्रिज’ले लिनेछ ।

हालसम्मकै ठूलो र जटिल प्रविधिको भएका कारण पुल निर्माणमा केही ढिलो भइरहेको छ । निर्माणको जिम्मा पाएको चितवनको लोहनी एडभेन्चर जेभीले असोजमा पुल सक्नुपर्ने भए पनि समयमा सामान आयात गर्न नसकिएको जनाउँदै म्याद थपका लागि अनुमति मागेको छ । म्याद थप गरिएमा आगामी नेपाली नयाँ वर्षसम्ममा पुल सञ्चालनमा ल्याउन सकिने पोख्रेलले बताए ।

निर्माता कम्पनीले नदीमा जग तथा पिल्लरको काम सकेको छ । अहिले माथिको भागमा काम भइरहेको छ । जटिल प्रकृतिको भएका कारण काम ढिलो भएको भन्न नमिल्ने योजना विभाग प्रमुख पोख्रेलले बताए । उनले माथिपट्टि पर्ने भागको काम चैतअघि नै सकिने अनुमान गरे ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ