+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका सिडियोको कार्यलय प्रमखुलाई निर्देशन ‘बिकास निर्माण कार्य अलपत्र बनाउने ठेकेदारको निगरानी गर्नुस’

पालिका लाइभ
२०७५ जेष्ठ ८, मंगलवार

गाेरखा– गृहमन्त्री रामबहादुर थापाकाे निर्देशनपछि जिल्ला प्रशासन कार्यलय गाेरखाले बिकास निर्माण कार्य अलपत्र बनाउने ठेकेदारलाई निगरानी बढाएकाे छ ।

प्रशासन कार्यलय गाेरखाले जिल्ला स्थित कार्यलय प्रमुखहरूलार्य बाेलाएर राखी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा सञ्चालित विकासे आयोजना परियोजनाहरुको प्रगति विवरण माग गरेका हुन् ।

विकास निर्माणका काम अलपत्र अबस्थामा रहेको गुनासो बढ्न थालेपछि नियमन गर्न प्रगति विवरण माग गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

‘कार्यालय प्रमुखहरुको बैठक राखेर मैले सवै विकास आयोजनाहरुको पछिल्लो प्रगति विवरण तीनदिनभित्र पेश गर्न निर्देशन गरेको छ’ प्रजिअ भट्टराईले भने ‘सबै आयोजनाहरु कुन अबस्थामा छन् भन्ने प्रतिवेदन सोमबारसम्म हाम्रो हातपर्छ ।

मंगलबारदेखि त्यसको विश्लेषण गर्छौं ।’ आयोजनाको प्रगति न्यून हुनुको कारण पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

‘ठेकेदारको लापार्बाहीका कारण ढिलाइ भएको हो वा अन्य कुनै परिस्थितिले ढिला भएको पत्ता लगाउँछौं’ प्रजिअ भट्टराईले भने ‘लापार्बाहीका कारण ढिलाइ भएको रहेछ र कार्यालय प्रमुखले बेवास्ता गरेका रहेछन् भने हाम्रो निशाना सम्बन्धित कार्यालय प्रमुखसंग जोडिन्छ ।’

ठेकेदारको हेलचेक्र्याइँ भए ठेकेदारलाई, कार्यालयको हेलचेत्र्याइँ भए कार्यालय प्रमुखलाई नै कारबाही गर्ने उनले बताए ।

नदीजन्य सामग्रीको अत्याधिक दोहन बढेको प्रति पनि ध्यानाकर्षण भएको भन्दै उनले अबैध उत्खनन भए नभएको अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउने बारे निर्णय भएको प्रजिअ भट्टराईले बताए । गोरखामा यस्ता अलपत्र योजनाको संख्या उल्लेख्य मात्रमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ