+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारीतामा चुनावी विकृति

पालिका लाइभ
२०७४ बैशाख २०, बुधबार

देश यति बेला स्थानीय तहको निर्वाचन होमिएको छ । देशभर रहेका ६४४ स्थानीय तहमा चुनाव होला की भन्नेमा निश्चित आधार बन्न सकिरहेको छैन ।

२ चरणमा निर्वाचन गर्ने सरकारको बोली दिनदिनै फेरिरहेको छ । मधेषी दललाई फकाउने र सत्ता लम्बाउने सरकार गठबन्धनकाे दाऊँ छ भने संविधान संशोधन हुन नदिई सरकार कमजोर बनाउने र चुनावी नारा राख्दै रमिता हेर्ने एमालेको दाउ छ ।

देशमा आगामी माघ महिना भित्र ३ चरणको निर्वाचन नगराए संवैधानिक संकट देखिने हुनाले आम राजनैतिक पार्टी चुनावबाट भाग्नु राम्रो होइन । यसको लागी पहिलो चरणमा गर्ने चुनाव आउन २ सत्ता मात्र बाँकी रहँदा गोरखामा पनि चुनावी सरगर्मी बढेको छ ।

चुनावमा आफूलाई टिकट लिन कोही शिक्षक पदबाट राजीनामा दिएका छन् त कोही पार्टी परित्याग गर्न थालेका छन् । कोही आफू स्वतन्त्र पत्रकारका पगरी भिर्ने नेपाल पत्रकार महासंघको अध्यक्षमा पुगेका पनि नेपाली कांग्रेस गोरखा नगरपालिकाको मेयरको टिकट लिन कहिले तिनधारे त कहिले सानेपा धाई रहेका छन् ।

गोरखामा एनजिओ चलाएर अकुत सम्पत्ति कमाएका पनि पार्टीबाट उम्मेददारी पाउन राम्रै पैसा खर्च गने तयारीमा छन् । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ गोरखामा पनि नयाँ नाटक मञ्चन हुन थालेको छ । नेपाल पत्रकार महासंघमा आबद्ध हुन् कुनै राजनैतिक पार्टीमा भए पनि त्यस संस्थामा छिरेपछि बिर्सनु पर्दछ ।

तर गोरखामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत रहेका तथा वर्तमान अध्यक्ष नेपाली कांग्रेसको मेयरका टिकट लिन कहिले तिनधारे त कहिले सानेपा धाउन थालेपछि पत्रकार भन्ने शब्दमा मात्र सीमित बनेको छ ।

स्वतन्त्र पत्रकारको पगरी गुथेका गोरखाका रामै नाम कमाएका पत्रकार महासंघका पदाधिकारीहरू समेत लगेको देखिन्छ । उनको मेयरको उम्मेददारी सँगसँगै स्वतन्त्र रूपमा गोर्खाली भूकम्प पीडितको घर पुगी निः पक्ष पत्रकारिता गर्नुपर्ने व्यक्ति कांग्रेसकाे घोषण पत्र झोलामा बोकी पार्टीको प्रचार प्रसारमा हिँडेर के स्वतन्त्र पत्रकारिता होला ? गोरखाली जनताले राम्रो सँग बुझ्नुपर्ने हुन्छ ।

शिक्षकहरू पेशामा रहेकाले निर्वाचनमा लड्न पेशाबाट राजीनामा दिनुपर्ने तर पत्रकार पार्टीबाट चुनाव लड्न चाहिँ पेशाबाट राजीनामा दिनु पर्ने की नपर्ने ? पत्रकारिता पेशा यस्तै कुकर्मले धमिलिएरै गएको छ । यसमा नेपाल पत्रकार महासंघ गोरखाको ध्यान जानु उचित होला नत्र पत्रकार महासंघ मात्रै पार्टीको भजन गराउने, पार्टीको घोषण पत्र प्रकाशित गर्ने काम गर्दा उपयुक्त होला ।

नेपाली काग्रेस गोरखा नगरपालिकाको मेयरको टिकटका लागि ६ जनाको उम्मेददारी परेका मध्ये एक नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्षले किट पाएर मेयर बने भने गोरखाको पत्रकारिता कस्तो होला ! गोरखाली स्वतन्त्र पत्रकारहरूले यसलाई कसरी लिएका छन् ? जिल्ला समितिले यसको निर्णय गर्न नसक्दा केन्द्रमा पुगेको यो विवादमा रहेका पात्र मध्ये पत्रकार पार्टीमा मुछिनु राम्रो होइन ।

राजनीति नै गरै भइगयो नि किन पत्रकारिता गर्नुपर्‍यो ? पत्रकारिता पेशासँग अलावा धेरै विकल्प हुँदा हुँदै पार्टीमा नाम जोडेर निर्वाचनको उम्मेददारी दिनुले गोरखाको पत्रकारितामा नकारात्मक सन्देश गएको नै बौद्धिक सचेत, नागरिक, पत्रकारसँग आबद्ध संघ संस्थाको ध्यान गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ