+
Search

ताजा अपडेट +

पपुलर +

एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, आयोगले भन्याे- अर्कै नाम लिएर आउनू

पालिका लाइभ
२०७८ भाद्र ४, शुक्रबार

काठमाडौं- नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरेकाे छ ।

आयोगका एक पदाधिकारीले भने, ‘उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेका छौं ।’

नेपाल प्रेसले राजनीतिक दल सम्बन्धी अध्यादेश आएर दुवै दल दर्तामा जानुभन्दा अघि नै एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन नसक्ने आधारसहितको समाचार प्रकाशन गरेको थियो । आयोगका एक उच्च अधिकारीका अनुसार नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ