+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाले दुई तिहाइ मात्र हैन, ८० प्रतिशत मत ल्याउँछ : प्रचण्ड

पालिका लाइभ
२०७५ फाल्गुन २५, शनिबार

रौतहट- नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मात्र नभई ८० प्रतिश मत ल्याउने बताएका छन्। शनिबार रौतहटमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर-२ ले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘मधेसी जनता हाम्रा सम्पत्ति हुन्। अब हामीलाई तराई/मधेशमा चार वर्षसम्‍म कसैले हराउन सक्‍दैन,’ उनले भने, ‘नेकपाले दुई तिहाई मात्रै हैन ८० प्रतिशत मत ल्याउँछ।’ उनले यसको लागि पार्टीले विकास र समृद्धिका लागि विशेष प्‍याकेजको व्‍यवस्था ल्‍याउने समेत बताए।

‘अब विकास र समृद्धिका लागि नेकपाले विशेष प्याकेज ल्याउँछ। ठूल्ठूला परियोजना यहाँ आउछन्,’ उनले भने।

Rautahat1

कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको बताए । उनले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउदै तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीको पहलमा सिके राउतसँग राजनीतिक सम्झौता गरेर शान्ति प्रक्रियामा सामेल गराएको दाबी उनको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ