काठमाडाैं- गायक सपन धर्ति र गायिका कविता परियारको सुमधुर आवाजमा निकै मार्मिक लोक गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ ।
बजारमा लोक दोहोरी गीतको संख्या फराकिलो बन्दैँ गइरहेको बेलामा ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा याे गित सार्वजनिक भएकाे हाे ।
गीतमा प्रेम पछिको वियोगलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । शैलेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुले छोडेको दिन देखी मनमा निकै पिडा भएको गायकले बताएका छन ।
सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशनमा निमार्ण गरिएको भिडियो निकै आकर्षक रहेको छ । भिडियोमा आशा खड्का, विरेन्द्र ढकाल र राधिका भुजेलको अभिनय रहेको छ ।
प्रतिक्रिया