+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका जगत गन्धर्व मलेसियामा बेपत्ता, आवश्यक छानबिन गर्न एनआरएनएले लेख्याे दुतावासलाई पत्र

पालिका लाइभ
२०७५ चैत्र ४, सोमबार

गाेरखा- जिल्लाकाे पालुङटार नगरपालिका, ठाटीँपाेखरीका जगत गन्धर्व मलेसियामा बेपत्ता भएका छन् । बैदेशिक राेजगारीकाे शिलशिलामा मलेसिया पुगेका गन्धर्वलाई कायरत कम्पनी मालिककाे कुटपिट पछि वेपत्ता गरेकाे बताइएकाे छ ।

मलेसियाकाे जाेहेर बारूमा रहेकाे ग्लाेबल गाड सिक्युरिटी कम्पनीमा कार्यरत उनलाई कामदार कम्पनीकाे मालिकले सम्वेदनशिल अंगमा  हानेर मुखबाट रगत आउने गरी कुटपिट गरेकाे उनीसँगै काम गर्ने नेपालीहरूले बताएकाे भनाई उद्वत गर्दै गैर आवसिय नेपाली संघ (एनआरएनए) मलेसियाले जनाएकाे छ ।

संघका अनुसार अत्याधिक मदिरा सेवन गरेका गन्धर्वलाई उनी सुतैकाे हाेटमा गएर कम्पनी मालिकले कुटेकाे बताएकाे छ । मार्च ४ गते लामाे समयमसम्म काम गरेकाे उनी मार्च ५ बाट परिवार तथा साथीहरूकाे सम्पर्कमा नआएपछि वेपत्ता बनाइएकाे संघले जनाएकाे छ  ।

बेपत्ता गन्धर्वको बारेमा आवश्यक छानबिन गरि उद्धारका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) जोहोरले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियालाई पत्राचार गरेको एनआरएनए जोहोरका सचीव अर्जुन सिहं ठकुरीद्वारा हस्ताक्षर गरिएकाे पत्रमा उल्लेख छ ।

यस्ताे छ पत्र

7436872304 malaisiya nrn

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ