+
Search

ताजा अपडेट +

पपुलर +

आरोप-प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

पालिका लाइभ
२०७५ श्रावण १७, बिहीबार

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप/प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । अाज एक कार्यक्रममा उनले प्रतिपक्षले आफ्नो भूमिका निभाउन छाडेर सरकारलाई आरोप लगाउन उद्धत रहेकाे  बताएका हुन् ।

प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्वत काम गर्न प्रतिपक्षले नदिएको भन्दै प्रधानमन्त्रीले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गरे ।

जनताले निर्वाचनमार्फत चुनेका जनप्रतिनिधिले संसद्मा खुला छलफल गर्न नपाएको भन्दै उनले भने ‘संविधानअनुसार पनि संसद्मा नै छलफल गरेर निर्णय हुनुपर्छ ।’ उनले संसद्को निर्णयभन्दा पनि अरुले गरेको निर्णय मान्नु गलत भएको दावी गरे ।

संसद्को आदेश नमान्ने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलका संसदीय दलका नेता भए पुग्ने भन्दै प्रधानमन्त्री ओलीले संसद्मा सबैले खुला छलफल भएर आफ्नो काम गर्न पाउनुपर्नेमा जोड दिए।

अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको पछाडि लागेको पुच्छर लामो समयपछि हट्नु र झण्डै दुई तिहाइ बहुमतको वामपन्थी सरकार सबैको चासोको विषय बनेको बताए । पार्टीले तल्ला तहका कमिटीलाई एकता गर्न परिपत्र गरिएको जानकारी दिँदै उनले भने, ‘अहिलेसम्म केन्द्रमा मात्रै एकता भएकोमा आगामी दिनमा तल्ला कमिटीसम्म एकता हुनेछ ।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कमी कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले नयाँ खालको समाजवाद विकास गर्नै खाँचो छ । अग्रज वामपन्थी नेताबाट प्रेरणा लिएर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ