+
Search

ताजा अपडेट +

पपुलर +

‘पोशाक खर्च प्रहरीलाई नै दिएर आफैंले खरिद गर्ने प्रक्रिया अघि बढाउँछौं’

पालिका लाइभ
२०८३ असार ४, बिहीबार

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाकमा प्रहरी आफैंले खरिद गर्ने गरी प्रक्रिया अघि बढाउने बताएका छन् ।

गृह मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफको क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका छन् ।

पोशाक खरिद तथा टेन्डरको विषयमा पटक-पटक विवाद हुने गरेको भन्दै मन्त्री गुरुङले यो विषय सुनाएका हुन् ।

‘प्रहरीको पोशाकको टेन्डर प्रक्रियामा इस्यू हुने गरेको सुनिएको छ । जति रकम पोशाकमा खर्च हुन्छ । त्यो रकम प्रहरीलाई नै दिने र आफैं खरिद गर्ने सोच बनाएका छौं,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ