+
Search

ताजा अपडेट +

पपुलर +

संसद्को अधिवेशन भोलिदेखि अन्त्य हुने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं– संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

‘… राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् ।

निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ