+
Search

ताजा अपडेट +

पपुलर +

प्रकाउ परेका केपी ओली शिक्षण अस्पतालमा भर्ना

पालिका लाइभ
२०८२ चैत्र १४, शनिबार

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना भएका छन् ।

उनलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई उक्त अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले चिकित्सकको सुझाव अनुसार ओलीलाई अस्पताल भर्ना गरिएको बताए।

ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । ‘आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि भर्ना गरिएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।

दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो ।

यसअघि मृगौला प्रत्यारोपणपछि पनि ओलीलाई सोही बेडमा भर्ना गरेर उपचार भएको थियो ।

अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेष्ट पेन र पाल्पिटेशन’ भएको रिपोर्ट आएको छ । ओलीलाई इसीजी मनिटर जोडेर त्यसमा मुटुको चालको थप अनुगमन भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

मिर्गौला सम्बन्धी चिकित्सकले पनि ओलीको स्वास्थ्यको अनुगमन गरिरहेका छन् । आज शनिवार परेकाले अदालतमा म्याद थपका लागि आइतवारमात्र लैजाने र त्यसअघि महाराजगञ्जस्थित २ नम्बर गणमा राख्ने प्रहरीको तयारी थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ