काठमाडाैं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरबाट उल्लेखनीय सफलता हासिल गर्दै २७ निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले यस पटक धेरै स्थापित नेताहरूलाई पराजित गर्दै आफ्नो उपस्थिति बलियो बनाएको छ। यहाँ रास्वपाले जित हासिल गरेका केही प्रमुख निर्वाचन क्षेत्र र उम्मेदवारहरूको विवरण प्रस्तुत गरिएको छ।
चितवन–२
रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ५४ हजार ४०२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। एमालेका अस्मिन घिमिरेले ६ हजार ९४२ तथा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत पाए।
धनुषा–३
धनुषा–३ मा रास्वपाका मनिष झाले कांग्रेसका बिमलेन्द्र निधि र एमालेकी जुलिकुमारी महतोलाई पराजित गर्दै विजय हासिल गरे। झाले ४३ हजार १४२ मत ल्याउँदा निधिले १५ हजार ९५२ र महतोले ९ हजार ५१० मत प्राप्त गरिन्।
कास्की–३
रास्वपाबाट गण्डकी प्रदेशमा एक्ली महिला उम्मेदवारका रूपमा चुनाव लडेकी बिना गुरुङ कास्की–३ बाट ३७ हजार ७५० मतसहित विजयी भइन्। उनले एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरिन्।
काठमाडौं–१०
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए। नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० र एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत प्राप्त गरे।
मोरङ–४
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भए। उनले कांग्रेसका गुरुराज घिमिरेलाई २८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
कास्की–२
पत्रकार उत्तमप्रसाद पौडेल कास्की–२ बाट ३१ हजार ९११ मतसहित निर्वाचित भए। उनले एमालेकी रश्मि आचार्यलाई ठूलो मतान्तरले हराए।
काठमाडौं–५
काठमाडौं–५ बाट रास्वपाका सस्मित पोखरेल विजयी भएका छन्। उनले कांग्रेसका प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल तथा राप्रपाका कमल थापाजस्ता चर्चित उम्मेदवारलाई पराजित गरेका हुन्।
काठमाडौं–४
काठमाडौं–४ मा पुकार बम २९ हजार १८२ मतसहित निर्वाचित भए। उनले कांग्रेसका सचिन तिमल्सिना र एमालेका राजन भट्टराईलाई पराजित गरे।
काठमाडौं–६
काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७११ मतसहित विजयी भए। कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ र एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत पाए।
काठमाडौं–८
विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट पुनः निर्वाचित भएका छन्। उनले २४ हजार ५९२ मत प्राप्त गरे।
काठमाडौं–३
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत पाए।
काठमाडौं–१
काठमाडौं–१ बाट रञ्जु दर्शना (नेउपाने) १५ हजार ४५५ मतसहित विजयी भइन्। कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे।
काठमाडौं–९
रास्वपाका उपसभापति डोलप्रसाद अर्याल काठमाडौं–९ बाट ३५ हजार ९३ मतसहित विजयी भए।
मोरङ–६
मोरङ–६ मा रास्वपाकी रुबिना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनले कांग्रेसका डा. शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरिन्।
बाँके–१
बाँके–१ मा सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित निर्वाचित भए। कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत पाए।
स्याङ्जा–१
स्याङ्जा–१ बाट धनञ्जय रेग्मी २९ हजार ७१ मतसहित विजयी भए। कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए।
रुपन्देही–४
रुपन्देही–४ मा कन्हैया बनियाँ २८ हजार ६६ मतसहित निर्वाचित भए। एमालेका प्रमोदकुमार यादव दोस्रो स्थानमा रहे।
बारा–३
बारा–३ मा रास्वपाका अरबिन्द साह ४० हजार ६९७ मतसहित विजयी भए।
महोत्तरी–१
महोत्तरी–१ मा प्रमोदकुमार महतो ३४ हजार ६६३ मतसहित निर्वाचित भए। नेकपाका गिरिराजमणि पोखरेल दोस्रो स्थानमा रहे।
काठमाडौं–२
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी भए। कांग्रेसका कवीर शर्मा दोस्रो स्थानमा रहे।
भक्तपुर–१
भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मतसहित विजयी भए। उनले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई पराजित गरे।
पर्सा–१
पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त (हरि) २७ हजार २७४ मतसहित विजयी भए। उनले एमालेका प्रदीप यादवलाई पराजित गरे।
बाँके–३
बाँके–३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित निर्वाचित भए।
काठमाडौं–७
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित पुनः निर्वाचित भए।
पर्वत–१
पर्वत–१ बाट सागर भुसाल २६ हजार ५६१ मतसहित निर्वाचित भए।
कैलाली–१
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञावली १७ हजार ८२६ मतसहित विजयी भइन्।
रुपन्देही–२
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी भए। उनले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरेका हुन्।
प्रतिक्रिया