+
Search

ताजा अपडेट +

पपुलर +

बसिरको उत्कृष्ट ब्याटिङमा विराटनगरको जित

पालिका लाइभ
२०८२ मंसिर १२, शुक्रबार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ। अलराउण्डर बसिर अहमदको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो। विराटनगरका लागि बसिरले ४३ बलमा ६२ रन बनाए। यस्तै नारायण जोशीले १६ बलमा २५ तथा साहिल पटेलले १९ रन बनाए। कर्णालीका सोमपाल कामी र गुल्शन झाले दुई दुई विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो। कर्णालीका प्रियांक पांचालले अर्धसतक बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरि ६३ रन बनाए।

यस्तै विलियम बोसिस्टोले ४८ तथा गुल्शन झाले २० रन बनाए। विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डे ल्यांगले एक एक विकेट लिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ