+
Search

ताजा अपडेट +

पपुलर +

विमानस्थल अर्को विवाद

भैरहवा विमानस्थलमा अनियमितताको आशंका: अध्ययनको लागि उपसमिति बनाउने लेखाको निर्णय

सार्वजनिक लेखा समितिले भैरहवा विमानस्थलको सम्भावित अनियमितता छानबिन गर्न उपसमिति गठन गर्ने तयारी गरेको छ। पोखरा विमानस्थलको प्रतिवेदनपछि थप अध्ययन आवश्यक देखिएपछि समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी उपसमिति बनाउने निर्णय गरेको हो।

पालिका लाइभ
२०८२ बैशाख २१, आईतवार

काठमाडौं– लेखा समितिले अबको अर्को बैठकबाट भैरहवा विमानस्थलको अध्ययनको लागि उपसमिति बनाउने भएको छ ।

सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्यायिक निकाय हो, हामीले गर्ने निर्णय नै अन्तिम निर्णय हो । हामीले सरकारलाई झकझकाउने हो । आफूलाई गाली नगरौँ । विमानस्थलको बारेमा अर्को बैठकमा छलफल गरौँ । २३औँ प्रतिवेदनको प्रगति के हो, त्यसका लागि भैरहवा विमानस्थलको छलफलको लागि उपसमिति बनाऊ । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गरौँ । पोखरा विमानस्थलको प्रतिवेदन उपसमितिले समितिलाई दियो। बाँकी अध्ययन गरौँ । भैरहवा विमानस्थलको विषयमा पनि छलफल गरौँ, उपसमिति बनाऊ ।’

एकीकृत समाजवादीका सांसद प्रेम आलेले उपसमितिले उठाएको आठ अर्बको सम्भावित भ्रष्टाचारबारे निष्कर्षमा पुग्नुपर्ने माग गरेका थिए । उनले प्रतिवेदन अध्ययन गर्नुको सट्टा उल्टो भ्रष्टाचारीको पक्षपोषण गर्ने र चौध अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याइएको आरोप लगाए ।

उनले भने, ‘हामीले नौ–नौ महिनासम्म यत्रो महिना मेहनत गरेर प्रतिवेदन बनाएका छौँ । उपसमितिले यत्रो अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ । धन्यवाद त कहाँ हो कहाँ उल्टो शंका गर्ने ? त्यसमा अध्ययन गर्नुको सट्टा उल्टो भ्रष्टाचारीको पक्षपोषण गर्ने ? चौध अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याइएको छ, सिधै आठ अर्ब भ्रष्टाचार भएको हो कि होइन ? सात दिनभित्र टुंगो लगाऔँ ।’

त्यस्तै एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिको बैठक बैठक जस्तो नभएको बताए ।

उनले भने, ‘पोखरा विमानस्थलको विषयमा उठेका कुराहरू सबै ठिक वा बेठिक भन्ने छैन । विमानस्थलको विषयमा कुरा उठेको छ । सोधपुछ सुरु गरौँ,कसैलाई जोगाउने भन्ने हुँदैन । कुनै समितिमा कुनै व्यक्ति हुने वा कुनै व्यक्ति नहुने भन्ने हुन्छ ? यो विषयमा जति छलफल गरे पनि निष्कर्षमा पुग्न सकिँदैन । छानबिन गर्न सक्ने क्षमता छैन । कानुनभन्दा माथि कोही पनि छैन । कानुनले ठिक छ भनेको मान्छेलाई समितिले ठिक छैन भन्न मिल्दैन ।’

राजेन्द्र लिङ्देन नेतृत्वको ‘पोखरा विमानस्थल अध्ययन तथा अनुगमन गर्न गठित सार्वजनिक लेखा उपसमिति’ले वैशाख १५ गते लेखा समितिलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा उपसमितिले विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता देखिएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ