+
Search

ताजा अपडेट +

पपुलर +

खटाइएका प्रमुख प्रशासकीय अधिकृत समयमा अनुपस्थिति भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

पालिका लाइभ
२०८२ चैत्र २४, मंगलवार

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ ।

सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन समेत दिइएको छ ।

मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ