+
Search

ताजा अपडेट +

पपुलर +

किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

पालिका लाइभ
२०८२ कार्तिक १७, सोमबार १५:२७ गते

काठमाडौं- गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ।

सोमबार सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन ।

हालको नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको र यो परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न यस्तो निर्णय गरिएको सहमति पत्रमा उल्लेख गरेको छ ।

‘जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउँछ,’ सहमति पत्रमा भनिएको छ, ‘जसको पहलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरूप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics