+
Search

ताजा अपडेट +

पपुलर +

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस्

पालिका लाइभ
२०८२ कार्तिक ९, आईतवार १८:०० गते

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।

पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन् ।

मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन् ।

उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् ।

उनले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिइन् ।

उनी स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव पनि हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ