+
Search

ताजा अपडेट +

पपुलर +

बोनस विवादमा नेप्से कर्मचारी आन्दोलित

पालिका लाइभ
२०८२ कार्तिक ९, आईतवार १३:३६ गते

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले आइतबार कार्यालय परिसरमै ब्यानरसहित विरोध प्रदर्शन गरेका छन्। तिहारअघि कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका उनीहरू बोनसको विषयमा लामो समयदेखि आन्दोलनमा छन्।

श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई ५ प्रतिशत बोनस छुट्याउन आदेश दिए पनि व्यवस्थापनले अटेर गरेको भन्दै कर्मचारीले असोज ७ गतेदेखि आन्दोलन थालेका हुन्।

अदालतको आदेश कार्यान्वयन नगरी व्यवस्थापनले सर्वोच्च अदालतमा रिट दायर गरेपछि आन्दोलन तीव्र पारिएको आन्दोलित कर्मचारीले बताएका छन् ।

नेप्सेमा एक प्रतिशत वा पाँच प्रतिशत बोनस छुट्याउने भन्ने विवाद वर्षौँदेखि जारी छ। व्यवस्थापनले नेप्सेलाई एकाधिकार संस्था मानेर एक प्रतिशत मात्र बोनस दिने गरेको छ भने कर्मचारी पक्षले नेप्से एकाधिकार संस्था नभएको तर्क गर्दै पाँच प्रतिशत बोनसको माग गर्दै आएका छन्।

श्रम अदालतले कर्मचारी पक्षको तर्कलाई मान्यता दिँदै पाँच प्रतिशत बोनस छुट्याउन निर्देशन दिएको थियो, जसको कार्यान्वयन नहुँदा विवाद सर्वोच्च अदालतसम्म पुगेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ