+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मुल्य तोलाको ११ हजार ६ सयले घट्यो

पालिका लाइभ
२०८२ कार्तिक ९, आईतवार ११:३८ गते

काठमाडौं- तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ छ।

तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तिहारपछि चाँदी पनि तोलामा रु २ सय ६५ रुपैयाँ घटेको छ।

कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार १५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics