गोरखा– पछिल्लो समय तामाङ गीत–संगीतले नेपाली श्रोता–दर्शकमाझ छुट्टै स्थान बनाउन सफल भइरहेको छ।
तामाङ भाषा नबुझ्नेहरूले पनि यसलाई रुचाउन थालेका छन्। यही क्रममा चर्चित मोडल सुनिता वाइबा र दुर ब्रभ घुरुङ अभिनीत नयाँ तामाङ गीत ‘भुप्पु माया’ सार्वजनिक भएको छ।
भिडियोमा प्रेममा रहेका जोडीबीचको बिछोड र अन्ततः पुरानो प्रेमलाई छाडेर अर्को ठाउँमा हुने विवाहको कथा प्रस्तुत गरिएको छ। यसले दर्शकलाई गहिरो भावनात्मक सन्देश दिन खोजेको देखिन्छ।
सुनिता वाइबा तामाङ भाषा मात्रै नभई नेपाली लोक तथा आधुनिक गीत–संगीतमा समेत दमदार अभिनय गर्ने कलाकारको रूपमा परिचित छिन्। नेपाल तथा विदेशमा हुने स्टेज कार्यक्रममा उनले नृत्यकला प्रस्तुत गरेर दर्शकको मन जितेकी छिन्। उनको सुन्दरता, अभिनय र नृत्यकला समान रूपमा आकर्षक मानिन्छ। कामलाई पूजा ठान्ने, इमानदारीलाई प्राथमिकता दिने उनी कलाकार मात्र नभई म्युजिक भिडिओ निर्देशकको रूपमा पनि स्थापित छिन्।
‘भुप्पु माया’मा रञ्जित वाइबा र अनिशा तामाङले स्वर दिएका छन् भने शब्द र संगीत राजु लामा थिङले सिर्जना गरेका हुन्। गीतलाई सनोबाबु घिसिङले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्। भिडियोमा सुनिता वाइबा र दुर ब्रभ घुरुङको अभिनय छ।
सम्पादन तथा रंग सजावट अनिल विष्ट प्युठानेले, छायांकन दुर्गा श्रेष्ठले र कोरियोग्राफी तथा निर्देशन सञ्जीव ठोकरले गरेका छन्।
भिडियो
							
							
							
							
							
							
							
				
					
					
					
					
					
					
					
					
					
                
                
                
                
                
                
                
                
                
        
        
														
        
					
				
        
        
        
										
										
										
										
प्रतिक्रिया