काठमाडौं- पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्–
१.ओली समूहको
२. दाहाल–नेपाल समूहको
३.कसै न कसैको (निलम्बन हुने)
यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्–
१. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ।
२.दाहाल–नेपालतिर साविक केन्द्रीय कमिटीको बहुमत छ।
३.मनोनीतबाटै चलिरहेको दलमा ओलीतर्फ थप सदस्य मनोनयन गरिएका (४४६ बाट ११९९ पुर्याइएका) छन्, जसको बहुमत उक्त खेमामा पुग्छ।
दुवै खेमा निर्वाचन आयोग पुगेका छन्। यसको निक्र्योल अब आयोगले गर्ने छ। त्यसमा कुन तहका नेता र कुन केन्द्रीय समितिलाई आधार मान्ने भन्ने उसैले विश्लेषण गर्नेछ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
निर्वाचन विज्ञहरू पहिला कुन केन्द्रीय समिति आधिकारिक भन्ने टुंगो लगाएर मात्र आधिकारिकता प्रदान हुन सक्ने ठान्छन्। ‘एउटाले ११९९ जनाको केन्द्रीय समिति भनेको छ, अर्को पक्षले ४४६ जनाको। दुवैले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्’, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘कुन वैध कुन अवैध र पदाधिकारी को–को हुन् भन्ने नै विवादको प्रमुख जड हो।’
पोखरेलका अनुसार राजनीतिक दलसम्बन्धी कानुनमा विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलका रूपमा दर्ता गर्न सक्ने व्यवस्था छ। तर, विवाद कुन बिन्दुलाई मान्ने भन्नेमा नेकपामा अर्को विवाद छ।
प्रतिक्रिया