+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकले तीन महिनामा ४१ करोड ७९ लाख नाफा कमायो

पालिका लाइभ
२०८२ कार्तिक २१, शुक्रबार ०८:५९ गते

काठमाडौं- माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३२ रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशत बढेको छ

। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ।

१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

बैंकले असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics