+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकले कमायो १ अर्ब ७५ करोड खुद नाफा, वितरणयोग्य ५ अर्ब माथि

पालिका लाइभ
२०८२ कार्तिक २१, शुक्रबार ०८:५२ गते

काठमाडौं– नबिल बैंकले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घट्दा खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत देखिन्छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९७ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics