काठमाडौं– स्थानीय तहमा कार्यरत कर्मचारीको सूचना व्यवस्थापन प्रणाली (स्थानीय स्तरको पीआईएस पोर्टल) कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
प्रादेशिक तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पीआईएस पोर्टल सञ्चालनको पूर्ण पहुँच प्रदेश सरकारलाई हस्तान्तरण गर्ने ऐतिहासिक प्रक्रिया सुरु भएसँगै आज कर्णाली प्रदेशलाई यो जिम्मेवारी हस्तान्तरण गरिएको हो। यससँगै कर्मचारी सूचना व्यवस्थापनका दृष्टिकोणबाट प्रशासनिक संघीयता कार्यान्वयनको प्रक्रिया मूर्तरूप लिएको छ।
यसअघि यो कार्यको सुरुआत गण्डकी प्रदेशबाट गरिएको थियो। राष्ट्रिय किताबखानाका अनुसार अब कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमा कार्यरत पाँच हजारभन्दा बढी कर्मचारीको पीआईएससहित सम्पूर्ण सूचना व्यवस्थापन कार्य प्रदेश सरकारले गर्न सक्नेछ।
प्रतिक्रिया