+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि ड्राइभिङ लाइसेन्स छपाइ, स्मार्ट कार्डमा चिप्सको सट्टा ‘क्यूआर कोड’

पालिका लाइभ
२०८२ कार्तिक १७, सोमबार ११:१४ गते

काठमाडौं– भदौ २३ र २४ को जेनजी प्रदर्शनमा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मेसिनमा आगो झोंसेर ध्वस्त बनाइएपछि अनिश्चितकालका लागि बन्द लाइसेन्स छपाइ आजदेखि गरिने भएको छ।

जेनजी आन्दोलनमा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनी गरिँदा सवारी लाइसेन्स छपाइ मेसिनमा क्षति पुगेपछि छपाइ अवरुद्ध थियो।

आजदेखि सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ थाल्ने भएको हो।

केन्द्रले दैनिक ५०० का दरले लाइसेन्स छपाइ गर्ने यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले बताए। सुरक्षण मुद्रण केन्द्रले बनेपामा छपाइ गरेको लाइसेन्स विभागलाई बुझाएपछि विभागले चालकलाई वितरण गर्नेछ।

करिब २५ लाख सवारी लाइसेन्स छाप्न बाँकी रहेको तिवारीको भनाइ छ। यीमध्ये १२ लाख केन्द्रले छाप्नेछ। केन्द्रले ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई बुझाउनेछ।

यसअघि विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो। सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्युआर कोड प्रयोग हुनेछ।

नयाँ लाइसेन्सको स्वरूप बदलेर त्यसमा क्युआर कोड प्रविष्ट गरिने केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए। सवारी लाइसेन्स छपाइको खर्च यातायात व्यवस्था विभागले बेहोर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics