+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले थापाथलीस्थित राम मन्दिर परिसरमा चलायो डोजर

पालिका लाइभ
२०८२ कार्तिक १४, शुक्रबार १४:०७ गते

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ ।

सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दिएको छ ।

महानगरले आजै एक सूचना जारी गरेर सार्वजनिक सम्पत्ति अतिक्रमण गरी बनाइएको संरचना खाली गर्न चेतावनी दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics