+
Search

ताजा अपडेट +

पपुलर +

अब देश सम्हाल्ने नै माओवादीले हो: प्रचण्ड

पालिका लाइभ
२०८२ कार्तिक ९, आईतवार १४:५५ गते

गोरखा- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशको अवस्था सम्हाल्ने नै माओवादीले भएको बताएका छन्

माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्था सम्हाल्ने जिम्मा माओवादीको भएको बताएका हुन्।

‘हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्’ उनले भने।

चुनावको सन्दर्भमा प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे।

‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन’ उनले भने।

उनले पार्टीमा एकता आवश्यकता रहेको पनि बताए।

‘हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ,’ उनले भने, ‘विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ