मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
जीवनसाथीको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ। माया–प्रेममा सामीप्यता बढ्नेछ। उपभोग्य वस्तु तथा पहिरनको व्यापार फस्टाउनेछ। लामो दूरीको यात्राको सम्भावना छ। प्रविधिको प्रयोगबाट आफ्ना विचार जनमानसमा पुर्याउन सकिनेछ। खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आफन्त तथा मावली पक्षबाट सहयोग मिल्नेछ। सत्रुता राख्नेहरू आफैं कमजोर हुनेछन्। काम गर्न आर्थिक स्रोत जुट्ने हुँदा व्यापारमा लाभ हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजनको अवसर जुर्नेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
वंशवृद्धिको योग छ। आफन्त वा सन्तानको प्रगति देखेर मन प्रशन्न हुनेछ। मनपर्ने मानिसबाट उपहार प्राप्त हुने सम्भावना छ। बौद्धिक क्षेत्रमा लगानी गर्दा लाभ हुनेछ। छोटो दूरीको रमाइलो यात्राको योग छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
राजनीति वा समाजसेवामा आलोचना र समर्थन दुबै प्राप्त हुनेछन्। विश्वास गरेका व्यक्तिबाट धोका पाउने सम्भावना छ। आमा वा मातृस्वरूप व्यक्तिसँग मनमुटाव हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। तर कृषी वा पशुपालनबाट लाभ हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सानो प्रयासले ठूलो लाभ मिल्नेछ। माया–प्रेममा विश्वास बढ्नेछ। टाढाको आफन्तको निम्तो आउनेछ। बुद्धिको प्रयोगले धनलाभ हुनेछ। पारिवारिक मिष्ठान्न भोजको अवसर जुर्नेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
चन्द्रमाको प्रभावले दैनिक उपभोग्य वस्तु तथा लत्ता–कपडाको व्यापार फस्टाउनेछ। सानो प्रयासले उल्लेखनीय सफलता मिल्नेछ। आफन्तको सहयोग पाइन सक्छ। विचार र बोलीले अरूको मन जित्न सकिनेछ। प्रेममा रमाउन चाहनेका लागि समय अनुकूल छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पुराना कमजोरी सुधार्दै नयाँ काम सुरु गर्न सकिनेछ। पारिवारिक जमघटमा मिष्ठान्न भोजनको अवसर मिल्नेछ। माया–प्रेममा रमाइलो हुनेछ। औषधिजन्य सामान, उपभोग्य वस्तु र चाडबाड–लक्षित वस्तुमा लगानी लाभदायी हुनेछ। राजनीतिज्ञ तथा पत्रकारका लागि समय शुभ छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुहोस्। खर्च बढ्ने सम्भावना छ। आफन्त र साथीहरूको सहयोग कम पाइन सक्छ। दोहोर्याएर काम गर्दा मानसिक तनाव बढ्न सक्छ। स्वदेशी व्यापारमा मन्दी भए पनि विदेशी वस्तुको कारोबार फस्टाउनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यवसाय विस्तारको राम्रो योग छ। विशिष्ट व्यक्तिहरूको सहयोगले लगानी बढ्नेछ। नेतृत्वदायी भूमिका निभाउनुपर्ने परिस्थिति आउन सक्छ। जनताको काम समयमा पूरा गर्न सकिनेछ। प्रेममा सफलता मिल्नेछ। पारिवारिक मिलन र मनोरञ्जनमा समय बित्नेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सामाजिक काममा सक्रियता बढ्नेछ। मान–प्रतिष्ठा उच्च हुनेछ। माया–प्रेममा प्रिय पात्रसँग नजिकिने अवसर मिल्नेछ। खाद्यान्न, निर्माण सामग्री वा अटो–पार्ट्स व्यापारमा वृद्धि हुनेछ। विवादित विषयहरू समाधानतर्फ जानेछन्। पारिवारिक माहोल सुखद रहनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
धार्मिक तथा आध्यात्मिक भाव जाग्नेछ। मन्दिर यात्राको सम्भावना छ। अनुसन्धानमा मनग्गे परिणाम प्राप्त हुनेछ। आम्दानी–खर्च सन्तुलन मिलाउने कौशलले व्यवसाय सुदृढ हुनेछ। पारिवारिक मिलन र रमाइलोमा समय बित्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
समयको सदुपयोग गर्न नसक्दा महत्वपूर्ण काम थाती रहन सक्छन्। सवारीसाधन चलाउँदा वा यात्रा गर्दा सतर्क रहनुहोस्। लामो समयको प्रेम सम्बन्धमा ब्रेक लाग्ने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोस्। तर आफन्तसँगको भेटघाटले मन हलुका हुनेछ।
प्रतिक्रिया