मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा इमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययन वा कामलाई प्रविधिको प्रयोगबाट सहज बनाउन सकिनेछ । खानपान, यात्रा, तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
तपाईँको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । परिवारका साथ खानपान, यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बिहानको समय राम्रो रहेकोले चाडबाड लक्षित सामानको व्यापारमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा स्वादिष्ट भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
बोल बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित र चाडबाड लक्षित सामानको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । चाडबाड लक्षित सामानको लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । परिवारका साथ यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । तर पनि विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । परिवारमा साथ खानपान, मनोरञ्जन तथा किनमेलमा केही समय खर्च हुनेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । औषधीजन्य, दैनिक उपभोग्य सामान तथा चाडबाड लक्षित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ ।
प्रतिक्रिया