+
Search

ताजा अपडेट +

पपुलर +

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पालिका लाइभ
२०८१ बैशाख २०, बिहीबार ११:०२ गते

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ हजारले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ