काठमाडौं- कांग्रेस महामन्त्री गगन थापाले आफ्ना नेताकाे फाइल खाेल्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताले कांग्रेसका नेताको पनि फाइल खोल्ने भनेर दिएको चेतावनीबारे प्रश्न गर्दा थापाले यसका लागि तयार रहेको बताए ।
उनले भने, ‘हामी सरकारमा छौं भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ । कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ । धमाधम खोले हुन्छ । सबै फाइल खोल्नुस् । यो फाइल खोल्छाैं, त्यो फाइल खोल्छौं भन्ने सुनिरहेका छौं । सरकारमा बस्नेले यो खोल्छौं र त्यो खोल्छौं भन्ने नै होइन । गर्ने हो । हामी तयार छौं ।’
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अब कसैसँग छलफल नगर्ने घोषणा गरेका छन् । उनले आज बैठकमा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी एमाले र सभामुखले लिनुपर्ने बताए ।
संसद वैठकपछि पत्रकार सम्मेलन गर्दै थापाले सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको लगाए । अब संसदीय समिति गठनको मागका विषयमा छलफलको औचित्यसमेत सकिएको उनको भनाइ छ ।
उनले भने, ‘अब छलफलमा बस्न हामीलाई मन छैन । भोलि ११ बजेसम्म संसदीय छानबिन समिति गठन होस् । हामी अब छलफल गरेर बस्दैनौंं ।’
याे पनि,
रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको
संसद्मा एमाले र कांग्रेसका सांसदको धक्कामुक्की, ओलीमाथि धनराजको अभद्र व्यवहार