काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्धमा दरार आएको टिप्पणी भइरहेको छ।
त्यस्तैमा अहिले बालेनले आफ्नो फेसबुकमा हर्कलाई सम्बोधन गर्दै एक पोस्ट गरेका छन्।
‘डियर हर्क साम्पाङ ! तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।
यु आर माई ट्य्रु लभ,’ बालेनले लेखेका छन्।
बालेनको हाँस्यरस मिसिएको यस स्टाटस तत्कालै भाइरल भइरहेको छ ।
जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै धरानबाट जम्बो टोली बोकेर साम्पाङ जङ्गी अड्डा पुगेका थिए । तर उनको जनमत पुगेन । त्यसयता साम्पाङले सामाजिक सञ्जालमा निराशा पोखिरहेका छन् ।
त्यसअघि हर्कले बालेनलाई लक्षित गरी फेसबुकमा विभिन्न ४ वटा पोस्ट गरेका थिए।
उनको पहिलो पोस्ट- चान्चुने नठान! सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा! हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु! तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस्! सक्छस्? मुला लुक्छस्? हुतिहारा।
दोस्रो पोस्ट- को हो त्योभित्र बसेर खेल्ने? बरु बाहिरै आएर भिड्न रेडी बन्!
तेस्रो पोस्ट- कसले नजान्नाले र कसको अकर्मण्यताले या कसको डिजाइनमा जेनजी आन्दोलन भयो? अब अघिल्तिरको यात्रा कसरी गर्ने भन्नेबारे गम्भीर अध्ययन गर्ने बेला हो यो। बौद्धिक बहसहरू हुन जरुरी छ।
चौथो पोस्ट- लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ! लिडर भनिँदैन।
प्रतिक्रिया