+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरसरकारी वित्तीय हस्तान्तरण:

स्थानीय तहले ३.१४ खर्ब बजेट पाउँदा पोखरा महानगरलाई सबैभन्दा धेरै, कुन पालिकालाई कति?

अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ७५३ वटा स्थानीय तहाई आगामी आर्थिक वर्षका लागि कुल ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पालिका लाइभ
२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौं- अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ७५३ वटा स्थानीय तहाई आगामी आर्थिक वर्षका लागि कुल ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पुँजीगततर्फ ३२ अर्ब ७८ करोड र चालुतर्फ २ खर्ब ८१ अर्ब ८४ करोड विनियोजन गरिएको हो।

वित्तीय हस्तान्तरणमार्फत विनियोजन गरिएकोमध्ये ९० अर्ब २० करोड समानीकरण अनुदानको रुपमा स्थानीय तहमा जानेछ।

त्यस्तै २ खर्ब ६ अर्ब ससर्त अनुदान, ९ अर्ब ४० करोड विशेष अनुदान र ८ अर्ब ९२ करोड रुपैयाँ समपूरक अनुदानका रुपमा हस्तान्तरण हुने अर्थ मन्त्रालयले जनाएको छ।

पोखरा महानगरपालिकाले ३ अर्ब १८ करोड ६० लाख, काठमाडौं महानगरले २ अर्ब २८ करोड ८८ लाख, भरतपुर महानगरपालिकाले २ अर्ब ५ करोड १७ लाख, वीरगंज महानगरले १ अर्ब ९८ करोड २९ लाख, ललितपुर महानगरले १ अर्ब १५ करोड ३३ लाख र विराटनगर महानगरले १ अर्ब ७ करोड २८ लाख रुपैयाँ बजेट पाएका छन्।

कुन स्थानीय तहलाई कति बजेट?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ