+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका कर्पोरेट प्रमुख दिनेश डंगोल पक्राउ

पालिका लाइभ
२०८२ चैत्र ३, मंगलवार

काठमाडाैं– प्रभु बैंक लिमिटेडका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभागका प्रमुख दिनेश डंगोल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

अशोक शेरचन समेत संलग्न रहेको भनिएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा डंगोललाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–२७ (साबिक सुनाकोठी) स्थायी घर भएका ५० वर्षीय डंगोललाई काठमाडाैंको थापाथलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार डंगोलले बैंकको विभागीय प्रमुखको हैसियतमा रहँदा नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुन विपरीत कार्य गरेको पाइएको छ । उनले प्रभु बैंकबाट प्रभु म्यानेजमेन्टलगायतका संस्थाहरूमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने र गराउने कार्यमा संलग्न रहेको तथ्य प्रमाणहरू संकलन भएपछि पक्राउ गरिएको सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

विज्ञ टोलीले गरेको अध्ययन र विश्लेषणका आधारमा उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

डंगोललाई पक्राउ गर्न उच्च अदालत पाटनले अनुमति दिएको थियो । पक्राउ परे लगतै उनलाई अदालतमा उपस्थित गराइएको र थप अनुसन्धानका लागि म्याद थप भई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

कसुरमा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरू समेत अनुसन्धानको घेरामा रहेका छन् । प्रभु बैंक र यससँग सम्बन्धित कम्पनीहरू वीच भएको शंकास्पद आर्थिक कारोबार र कर्जा प्रवाहबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ