काठमाडौं– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका संयोजक प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। प्रचण्डले पार्टीका ५० प्रतिशत केन्द्रीय सदस्यले घण्टीमा भोट हालेको रिपोर्ट आएको भन्दै छानिछानी कारबाही गर्ने चेतावनी दिएका थिए।
माक्सदेखि माओसम्मले संश्लेषण गरेको र संसारभरका कम्युनिस्टहरूले अनुसरण गर्ने दर्शन भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम अनुसार कुनै वस्तु वा घटनाभित्रको अन्तर्विरोध वा समस्याको प्रधान कारण आफैभित्र हुन्छ भन्ने कुरा ख्याल गर्न सक्नुपर्ने उनको भनाइ छ।
‘बरु पछिल्लो निर्वाचन परिणामसम्म आइपुग्दा समग्र कम्युनिस्ट आन्दोलनलाई नै बदलिएको विश्व र राष्ट्रिय परिस्थिति अनुरूप नयाँ विचार/नीति/कार्यक्रम/सङ्गठन/नेतृत्व सहित नयाँ ढंगले रूपान्तरण गर्ने दिशामा सोच्नुपर्ने हैन र? नत्र रुस र पूर्वी युरोपदेखि पश्चिम बंगालसम्म जे भयो यहाँ हुन्न भन्ने के ग्यारेन्टी छ र?’ उनको भनाइ छ।
प्रतिक्रिया