+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाले टुङ्ग्यायो समानुपातिकबाट निर्वाचित गराउनेको नाम, ९ जनाको सूचीमा को-को?

फाइल तस्बिर
पालिका लाइभ
२०८२ चैत्र १, आईतवार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीका उम्मेदवारमध्ये निर्वाचित गराउने ९ जनाको नाम छानेको छ।

पार्टी कार्यालयमा आइतबार बसेको नेकपाका नेताहरूको बैठकले समानुपातिकतर्फ निर्वाचित गराउने सदस्यहरूको नाम टुंगो लगाएको हो। जसमा ४ जना महिला छन्।

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा, निराशा चौधरी डगौरा र प्रेमबहादुर बयकलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिटमा जितेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ