+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला (सूचीसहित)

पालिका लाइभ
२०८२ चैत्र १, आईतवार

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।

आइतबार बसेको सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नामहरू आयोगमा बुझाउने निर्णय गरेको हो।

पाँच जना पुरुषमा विभिन्न क्लस्टरको पहिलो नम्बरमा रहेकाहरुलाई समेटिएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाती रखसआर्यबाट६–६, दलित र मधेसीबाट ३–३ जनाको नाम बुझाउने छ।

यस्तै, मुस्लिम र थारुबाट १–१ जनाको नाम पठाउने निर्णय भएको उनले बताए। खसआर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रबाट एक एक नाम आयोगमा पठाउने निर्णय गरिएको उनको भनाइ छ।

कांग्रेस पार्टीको तर्फबाट २० जना समानुपातिक सांसद:

क. खसआर्य कोटाबाट

१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

ख. आदिवासी जनजाति कोटाबाट

७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

ग. मधेशी कोटाबाट

१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव

घ. दलित कोटाबाट

१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

ङ.थारू कोटाबाट

१९. प्रमिलाकुमारी गच्छदार

च. मुस्लिम कोटाबाट

२०.शाहजान खातुन

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ