काठमाडौं- पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकी छिन्।
१२६ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर उनले यो विश्व कीर्तिमानी सम्मान प्राप्त गरेकी हुन्।
श्रेष्ठले एकै सिजनमा सर्वाधिक (३ पटक) सगरमाथाको शिखर चुम्ने पहिलो महिलाको रूपमा यो कीर्तिमान कायम गरेकी हुन्।
यो ऐतिहासिक उपलब्धिको जानकारी दिँदै श्रेष्ठले आफू निकै गौरवान्वित भएको बताएकी छिन्। नारी दिवसको शुभकामना व्यक्त गर्दै उनले भनेकी छिन्, ‘सपना देख्ने हरेक महिलाहरूले दृढ संकल्प, साहस र निरन्तर मेहनतका साथ असम्भव जस्तै देखिने सम्पूर्ण सफलताका शिखरहरू चढ्न सकुन् ।’
उनी गोरखाको आरूघाट गाउँपालिकाकी हुन् ।
प्रतिक्रिया