+
Search

ताजा अपडेट +

पपुलर +

२२ कम्पनीमा १ अर्ब ७ करोडको लगानी भए पनि ८ कम्पनीबाट मात्र लाभांश

नेपाल लाइफ इन्स्योरेन्सको करिब २ दर्जन हाइड्रोपावरमा लगानी: प्रतिफल शून्य

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म करिब दुई दर्जन हाइड्रोपावर कम्पनीमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरे पनि प्रतिफल अत्यन्तै कमजोर देखिएको छ। २२ कम्पनीमा २१ लाखभन्दा बढी कित्ता सेयर किन्दा कम्पनीले ८ कम्पनीबाट मात्र लाभांश पाएको छ भने बाँकी १४ कम्पनीबाट कुनै प्रतिफल प्राप्त हुन सकेको छैन।

पालिका लाइभ
२०८२ माघ १०, शनिबार

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न २२ वटा जलविद्युत कम्पनीको सेयरमा लगानी गरेको छ ।

कम्पनीले २२ कम्पनीको २१ लाख ६३ हजार ५३७ कित्ता सेयरमा लगानी गरेको छ । उक्त सेयरमा लागत १ अर्ब ७ करोड २० लाख ५५ हजार रुपैयाँ रहेको छ । औसतमा प्रतिकित्ता लागत ४९५.५१ रुपैयाँ रहेको छ ।

कम्पनीले विभिन्न २२ वटा कम्पनीमा लगानी गर्दा सङ्ख्याको हिसाबमा सबैभन्दा धेरै रसुवागढी हाइड्रोमा लगानी गरेको छ । रसुवागढी हाइड्रोको ५ लाख ७८कित्ता सेयर किनेको छ । लागत रकमको हिसाबले पनि यही कम्पनी पहिलो रहेको छ । उक्त सेयरमा कम्पनीको लागत २३ करोड ७९ लाख ६२ हजार २६५ रुपैयाँ रहेको छ ।

कम्पनीले युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर कम्पनीको ११ करोड ६५ लाख ५६ हजार ६९१ रुपैयाँको १ लाख ७० हजार ८८९ कित्ता सेयरमा लगानी गरेको छ ।

यस्तै कम्पनीले अपि पावर कम्पनीको २ लाख १८ कित्ता सेयरमा ५ करोड ७८ लाख ३८ हजार ७१ रुपैयाँ लगानी गरेको छ । कम्पनीले सबैभन्दा कम माण्डु हाइड्रोपावरको ७ हजार ५५७ कित्ता सेयरमा ६५ लाख ३९ हजार ३१३ रुपैयाँ लगानी गरेको छ ।

इन्स्योरेन्सले २२ कम्पनीको २१ लाख ६३ हजार ५३७ कित्ता सेयरमा १ अर्ब ७ करोड २० लाख ५५ हजार ५३७ रुपैयाँ लगानी गरेको छ । २२ वटा कम्पनीमा लगानी गरेको भए पनि प्रतिफल भने ज्यादै न्यून रहेको छ । कम्पनीले लगानी गरेका २२ मध्ये ८ वटा कम्पनीले मात्रै लाभांश दिएका छन् । यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा दिएका हुन् । बाँकी १४ वटा कम्पनीले लाभांश दिएका छैनन् ।

कम्पनीले लगानी गरेकामध्ये लाभांश दिने कम्पनीमा चिलिमे हाइड्रोपावर, अपि पावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, ङादी ग्रुप पावर, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, युनिभर्सल पावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी रहेका छन् । बाँकी कम्पनीले लाभांश दिएका छैनन् ।

नेपाल लाइफले लगानी गरेकामध्ये लाभांश नदिने हाइड्रोपावर कम्पनीमा मध्ये भोटेकोसी जलविद्युत कम्पनी, माइखोला हाइड्रोपावर, माउन्टेन इनर्जी हाइड्रो, मोलुङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, हिमालयन पावर पार्टन, राधी विद्युत् कम्पनी, सानिमा माई हाइड्रो, माण्डु हाइड्रोपावर, सानिमा मिडल तमोर, पाँचथर पावर र सिईडिबी होल्डिङ्स लाभांश दिएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ